प्रदेश विशेषमा आज,
– स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता आइतबार / दाबी विरोधपछि अन्तिम नामावली बुधबार प्रकाशन गरिने ।
– कोशी सरकारले माघमा लगानी सम्मेलन गर्दै / लगानीकर्तालाई विश्वासमा लिन प्रदेश सरकारलाई विज्ञको सुझाव ।
– मधेशमा समन्वय परिषद्को काम प्रभावकारी भएन / प्रदेश र स्थानीय सरकारबीच असमझदारीले बजेट बाँडफाँटमा असर ।
–भूकम्पले भत्किएको नुवाकोटको साततले दरबार जीर्णोद्धारको पर्खाइमा/ अवलोकनका लागि पुग्ने पर्यटक निराश ।