आजका मुख्य समाचार
– सहकारी ठगीमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता/ अदालतलाई धम्क्याउने र झुटो प्रचार गरी भ्रम सिर्जना नगर्न चेतावनी ।
– संघ र स्थानीय सरकारले भन्दा प्रदेशले राम्रो काम गरेको मुख्यमन्त्रीहरुको दाबी/ छोटो समयमै धेरै नतिजा नखोज्न आग्रह/ स्रोत, साधन र अधिकार दिन माग ।
– अलैंचीको मूल्य प्रतिमन १ लाख पाउन थालेपछि किसान दंग / मूल्य स्थिर नहुँदा व्यापारीकै भरमा बिक्री गर्नुपरेको गुनासो ।
– श्रीलंकामा भएको संसदीय निर्वाचनको मतगणना सुरु/ भोलि साँझसम्म सम्पूर्ण परिणाम सार्वजनिक हुने/ राष्ट्रपति दिशानायकेको गठबन्धनले जित हात पार्ने प्रक्षेपण ।
– आईसीसी महिला अन्डर नाइन्टिन टी- ट्वेन्टी विश्वकपमा छनोट नेपाली टोली स्वदेश फर्कियो / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत ।