कान्तिपुर समाचार, ११ कार्तिक २०८१

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ कार्तिक २०८१

आजका मुख्य समाचार

– साफ महिला च्याम्पयनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै / रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सीमित / भुटानलाई हराउँदै बंगलादेश फाइनलमा ।

– प्रधिकरणले महसुल नतिरेका उद्योगको विद्युत काटेपछि उद्योगीले गुहारे प्रधानमन्त्री / राजनीतिकरण भएको आरोप / बक्यौता नतिरेसम्म लाइन नजोड्ने कुलमान घिसिङको अडान ।

– राजनीतिक नेतृत्व जघन्य अपराधदेखि भ्रष्टाचारसम्म संलग्न हुँदा सुशासनको उपहास / पार्टीहरुको ध्यान भने नेता बचाउनमै केन्द्रित / कानुनी राज्य कमजोर बन्ने जोखिम ।

– जुम्लामा उत्पादित स्याउले पायो बजार र मूल्य / ६१ करोड ४१ लाखको स्याउ जिल्लाबाहिर बिक्री / किसानले ५० हजारदेखि १२ लाखसम्म कमाए ।

– जापानको संसदीय निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले एकल बहुमत गुमाउने प्रक्षेपण / समयअगावै चुनावको आह्वान गरेका प्रधानमन्त्री इशिबाको परीक्षा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.