कान्तिपुर समाचार, ०८ कार्तिक २०८१

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०८ कार्तिक २०८१

आजका मुख्य समाचार

– पूर्वगृहमन्त्री लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही अदालतद्वारा संगठित अपराधमा पक्राउ पुर्जी / थप ७ दिन थुनामा राख्न कास्की अदालतको अनुमति / सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने ।

– संसद् र संवादको विकल्प हुँदाहुँदै सरकारविरुद्ध सडकमा उत्रने विपक्षी दलको तयारी / आन्दोलनको औचित्य पुष्टि गर्न भने चुनौती ।

– विपद्पछिको पुनर्निर्माणका लागि आफैँ स्रोत जुटाउने कि दातृ निकाय गुहार्ने भन्नेमा अन्योल / भौतिक मन्त्रालय अन्तर्गत मात्रै १५ अर्ब लाग्ने प्रारम्भिक अनुमान ।

– भारतको ओडिसा र पश्चिम बंगालमा समुद्री आँधी / करिव १० लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै / तटीय क्षेत्रका विद्यालय, विमानस्थल र रेल्वे सेवा बन्द ।

– नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा / समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६ शून्यको जित / भुटानले माल्दिभ्सलाई १३ शून्यले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.