कान्तिपुर समाचार, ७ साउन २०८१

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ७ साउन २०८१

आजका मुख्य समाचार,

* यातायात व्यवस्था विभागको गम्भीर लापर्बाहीले बारम्बार सर्भर डाउन / देशभरका ४१ यातायात कार्यालयका सेवा ठप्प हुँदा दैनिक हजारौं सेवाग्राहीलाई सास्ती ।

* एक वर्षमै राज्यको थाप्लोमा एक खर्ब ३५ अर्ब ऋण थपियो / उत्पादनमा लगाउनुपर्ने रकम प्रशासनमा खर्च / स्थिर पुँजी निर्माणमा भने निरन्तर गिरावट ।

* लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नक्सा जारी गर्ने प्रधानमन्त्री ओलीले नै भूमि फिर्ता ल्याउनेमा सांसदहरु आशावादी / सीमा विवाद कूटनीतिक संवादमार्फत सुल्झाउने ओलीको प्रतिबद्धता ।

* राष्ट्रपतीय चुनावको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयसँगै बाइडनद्वारा कमला ह्यारिसलाई समर्थन / बाइडेनलाई भन्दा ह्यारिसलाई हराउन सजिलो हुने ट्रम्पको प्रतिक्रिया ।

* पेरिस ओलम्पिकमा एथलेटिक्सतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेकी सन्तोषी श्रेष्ठ कडा अभ्यासमा / शिवपुरी डाँडा र दशरथ रंगशालामा प्रशिक्षण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.