कान्तिपुर समाचार, १२ कार्तिक २०८१

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ कार्तिक २०८१

आजका मुख्य समाचार

– एमालेले जग्गा दान लिनु राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रथम दृष्टिमै गलत भन्दै सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश / जग्गा होटल भाटभटेनीका नाममा बल्ल नामसारी ।

– भ्रष्टाचार नियन्त्रणमा सरकार र अख्तियारको भूमिकामाथि नै सत्तारुढ सांसदकै प्रश्न/ ट्रेड युनियनकै कारण कार्यालय प्रमुखले कर्मचारीलाई कारबाही गर्न नसकेको अख्तियार प्रमुखको दाबी ।

– साढे तीन महिनामा विकास बजेट कार्यान्वयन नौ प्रतिशतमै सीमित/ आर्थिक सुधारको योजना नारामा मात्र/ अर्थतन्त्र चलायमान बनाउने घोषणा अलपत्र ।

– नोभेम्बर पाँचमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा/ ट्रम्प र ह्यारिसको दौडधूप तीव्र/ सिलेब्रिटीहरु पनि खुलेर प्रचारमा ।

– साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट बिक्रीमा एन्फाको रोक/ सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको आरोप/ रंगशालामा खेल फर्किदा दर्शक उत्साहित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.