रौतहट । सरकारले २०७९ सालमै प्लाष्टिकबाट बनेका फूल गच्छा र मालाको आयात र प्रयोगमा प्रतिबन्ध लगाए पनि सीमावर्ती जिल्लामा यस्ता फूलको आयात र बिक्री वितरण निर्वाध भइरहेको छ । नजिकिँदो तिहार र दीपावलीलाई लक्षित गरी तराईका बजारमा प्लाष्टिकबाट बनेका फूल गुच्छा र मालाको बिक्री वितरण खुलेआम भइरहेको हो ।