आजको मुख्य समाचार
– रुसी सेनामा संलग्न नेपालीबारे सरकार नै अनभिज्ञ / चार जना मारिँदा पनि सूचना प्रवाहमा परराष्ट्र मन्त्रालय गैरजिम्मेवार / शव छिटो ल्याइदिन परिवारको आग्रह ।
– निमावि तहको शिक्षक लाइसेन्स परीक्षामा ९१ प्रतिशत फेल / विद्यालयदेखि विश्वविद्यालयसम्मकै शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न / विज्ञ भन्छन्– शिक्षक र विद्यार्थी दुवै अल्छी भए ।
– सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको योजना अलपत्र / मधेश प्रदेशमा जग्गाकै अलमल / कर्णालीमा डीपीआर नै बनेन / लुम्बिनीमा बजेट अभावको बहाना ।
– गाजामा युद्धबाट भन्दा रोगका कारण धेरै मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको चेतावनी / अधिकांश बालबालिकामा झाडापखाला र श्वासप्रश्वासको समस्या ।
– नेपाल सुपर लिगअन्तर्गत ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरीमा / ललितपुर तालिकाको शीर्ष स्थानमा फर्कियो ।