कान्तिपुर समाचार, १२ मंसिर २०८०

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ मंसिर २०८०

आजका मुख्य समाचार

– रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु / हवाई आक्रमणमा मृत्यु भएको खबर आएको परिवारको भनाइ / मस्कोस्थित नेपाली दूतावास भन्छ– सोधखोज जारी छ ।

– १४ वटा सहकारीबाट ३० अर्बभन्दा बढी हिनामिना भएको प्रहरीको निष्कर्ष / सञ्चालकले रकम तेस्रो देशसमेत पुर्‍याएको ठहर / ठूला बचतकर्ताको स्रोत भने पत्ता लागेन ।

– वैदेशिक लगानीका अधिकांश प्रतिबद्धता घोषणामै सीमित / अध्ययन विनाका आयोजना र प्रक्रियागत झन्झट मुख्य कारण / लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाउन विज्ञको सुझाव ।

– भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा १७ दिनदेखि फसेका ४१ मध्ये ८ कामदारको सकुशल उद्धार / अन्यलाई पनि बाहिर ल्याउने प्रयास जारी ।

– नेपाल सुपर लिगमा काठमाडौं र चितवनबीच एक एक गोलको बराबरी / चितवन जितविहीन हुँदा काठमाडौं चार अंकसहित शीर्ष स्थानमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.