आजका मुख्य समाचार:
– जाजरकोट भूकम्पबाट बाँचेकाहरुसमेत चिसोकै कारण ज्यान गुमाउँदै / डेढ महिनाकी सुत्केरीसहित ११ जनाको मृत्यु / प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका आश्वासन भाषणमै सीमित / नागरिकको सहारा बन्नुपर्ने राज्य संवेदनहीन ।
– धर्मनिरपेक्षताबारे संसद्को ठूलो दल कांग्रेस सभापति देउवाले खोले मुख / पार्टीमा छलफल गर्न तयार / प्रधानमन्त्री दाहाल भन्छन्- गणतन्त्रविरुद्ध भ्रम फैलाएर द्वन्द्व फैलाउन खोजियो ।
– सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको संख्या बढ्न सकेन / अनौपचारिक क्षेत्रका श्रमिक समेट्ने कार्यविधि आएको साढे तीन महिनामा जम्मा ३५ जना आबद्ध ।
– इजरायल र हमासबीचको चारदिने संघर्षविश्राम आज सकिँदै / अवधि लम्ब्याउन दुवै पक्ष लचिलो / प्रत्येक दिन १० बन्धक रिहा गर्नुपर्ने इजरायलको सर्त ।
– नेपाल सुपर लिगमा स्पोर्टिङ इलामको पहिलो जित / झापा एफसी १-० गोलले पराजित / पेनाल्टीमा चुकेका अमाथाकै निर्णायक गोल ।