आजका मुख्य समाचार:
– सामाजिक सञ्जालमार्फत जातीय र धार्मिक सद्भाव बिथोल्न खोज्नेमाथि प्रहरीको निगरानी / २७ अनलाइन बन्द, ४ सञ्चालकविरुद्ध मुद्दा / भ्रम फैलाएको आरोपमा ५३ जनामाथि कारबाही ।
– जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्तावापत् २५ हजार रुपैयाँ दिन थालियो/ सरकारले दिने ५० हजारले आवास बन्नेमा पीडित नै छैनन् विश्वस्त ।
– सरकारले मूल्य नतोक्दा किसानको उखु बारीमै सुक्न थाल्यो / उद्योगमा पुर्याउन ढिलाइ हुँदा चिनी अभाव कायमै/ किसानले अझै पाएनन् गत वर्षको अनुदान ।
– संघर्षविश्रामको तेस्रो दिन हमासको तर्फबाट मुक्त गरिने बन्धकको सूची इजरायललाई/ नाम र सङ्ख्या खुल्न बाँकी / विश्रामकैबीच वेस्ट ब्यांकमा मारिए ६ प्यालेस्टिनी ।
– नेपाल सुपर लिगमा धनगढीको रोमाञ्चक जित/ वीरगन्ज युनाइटेड २-१ गोलले पराजित/ साबिक उपविजेताका लागि अहमद हिजाजीको गोल निर्णायक ।