आजको मुख्य समाचार:
* इजरायलसँग युद्धविश्रामको दोस्रो दिन हमासले थप १४ बन्धक रिहा गर्दै/ नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी/ छिट्टै रिहा हुने दूतावासको विश्वास ।
* सरकारमा रहँदा पनि आफ्नै एजेन्डामा मधेश केन्द्रित दलहरु मौन/ जनचासोका विषय प्राथमिकतामै परेनन्/ दल र सरकारलाई कार्यशैली सच्याउन विज्ञको सुझाव ।
* कोशीमा अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटमा मुख्यमन्त्री कार्कीले गरे संशोधन/ प्रदेशसभामा प्रतिस्थापन विधेयक पेश/ ५० करोड थपेर ३६ अर्ब ७४ करोड पुर्याइयो ।
* विदुतीय सवारीसाधनमा कर बढाउने तयारीप्रति निजी क्षेत्रको असन्तुष्टि/ सरकार आफ्नै घोषणाविपरीत अघि बढ्न खोजेको आरोप/ जलविद्युत् क्षेत्रका लगानीकर्तासमेत निराश ।
* नेपाल सुपर लिगमा पोखरा थन्डर्सको विजयी सुरुवात/ एफसी चितवन एक- शून्यले पराजित/ ललितपुर सिटीले बुटवल लुम्बिनीलाई २-० ले हरायो ।