कान्तिपुर समाचार, १३ असोज २०८०

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ असोज २०८०

आजको मुख्य समाचार:

- अमेरिका र चीनको १५ दिने भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता/ राजनीतिक तहमा विश्वासको वातावरण बनेको दाबी/ चुच्चे नक्सा र बीआरआई कार्यान्वयन अझै अस्पष्ट ।

- गम्भीर अपराधमा संलग्नले भरिए देशैभरका कारागार/ २७ हजारमध्ये ६८ प्रतिशत जबरजस्ती करणी, लागूऔषध र हत्याका अभियुक्त/ कैदीहरु नै पहुँचको दुरुपयोगमा सक्रिय ।

- सरकारी कार्यालयमा एउटै सफ्टवेयर प्रयोग गर्ने नीति कार्यान्वयन भएन/ कागजमै अभ्यस्त कर्मचारीको कार्यशैली बाधक/ प्रणाली परिवर्तन नहुँदा सुशासनमा बाधा ।

- अमेरिकी संसद्‍बाट अल्पकालीन वित्त सहयोगसम्बन्धी विधेयक अस्वीकृत/ संघीय कार्यालयमा भोलिदेखि आंशिक शटडाउन/ ४० लाख कर्मचारीको तलब रोक्का हुन सक्ने ।

- एसियाली खेलकुदको आठौं दिनसम्म पनि नेपाल पदकविहीन/ बक्सिङमा पनि खाली हात/ डेब्यू खेलमा महिला भलिबल टिम भियतनामसँग पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.