कान्तिपुर समाचार, २२ जेठ २०८०

जेष्ठ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ जेठ २०८०

आजको मुख्य समाचार:

- प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर संसदमा चर्काचर्की/ भारतसँग गोप्य सहमति नभएको प्रधानमन्त्रीको स्पष्टीकरण/ संसद् बन्यो रिस पोख्ने थलो ।

- देशभर गर्मी बढ्दा जनजीवन कष्टकर/ झाडापखाला र टाइफाइडका बिरामी बढे/ तराईका अधिकांश विद्यालय बन्द/ मनसुन ढिला सुरु हुने ।

- नेपालगञ्ज एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आउन अझै १ वर्ष लाग्ने/ निर्माण नसकिँदै नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटनमा गरे हतारो ।

- युक्रेनले रुसभित्रै जासुसी सञ्जाल बनाएको अमेरिकी गुप्तचर निकायको दाबी/ विध्वंसात्मक आक्रमणका लागि ड्रोन आपूर्ति गरिएको जिकिर ।

- ए डिभिजन लिग क्लबलाई तयारी खर्च दिने एन्फाको प्रतिवद्धता/ दुई सातापछि हुने साफ च्याम्पियनसिप तयारीका लागि भने खेलाडीलाई छैन समय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.