Kantipur Samachar | कान्तिपुर समाचार, २१ जेठ २०८०

जेष्ठ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २१ जेठ २०८०

आजको मुख्य समाचार:

* संशोधित नागरिकता ऐन लागू नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश/ विपक्षी दलद्वारा संसद अवरुद्ध/ नागरिकता लिन जिल्ला प्रशासन पुगेका सेवाग्राही रित्तै फर्किए ।

* नक्कली भुटानी शरणार्थी मुद्दाको थुनछेक बहसमा सरकारी वकिलले बुझाए सम्पूर्ण प्रमाण/ इजलासमा उठ्यो पैसा बुझाउनेमाथि समेत प्रश्न/ बहस सक्न एक साता लाग्ने ।

* बजारमा विषादीयुक्त फलफूल र तरकारीको निर्बाध बिक्री/ आम नागरिकमा स्वास्थ्यको जोखिम पर्दा पनि सीमाक्षेत्र लगायतका १२ वटा परीक्षण कार्यालय प्रभावहीन ।

* चीनको तियानमेन स्क्वायर घटनाको सम्झनामा विश्वका विभिन्न शहरहरुमा प्रदर्शन/ हङकङमा सुरक्षा व्यवस्था कडा/ ६ हजार सैनिक परिचालन ।

* ए डिभिजन लिगमा पुलिससँगको हारपछि मछिन्द्रको उपाधि यात्रा कमजोर बन्दा चर्च ब्वाइजलाई सहज/ खुमलटारलाई हराउँदै संकटाले कम गर्यो रेलिगेसनको भय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.