कान्तिपुर समाचार, १४ जेठ २०८०

जेष्ठ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ जेठ २०८०

आजको मुख्य समाचार:

- टीकापुर घटनाका दोषी रेशम चौधरीसहित १९ जनालाई आममाफी/ ४ सय ८२ जनाको कैद मिनाहा/ चौधरीको आममाफी कानुन विपरीत रहेको टिप्पणी ।

- भारत भ्रमणमा ईपीजी प्रतिवेदन र सीमाको विषय प्राथमिकताका साथ उठाउन पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव/ पञ्चेश्वरमा 'ब्रेक थ्रु' हुने प्रधानमन्त्रीको दाबी ।

- चालु आर्थिक वर्षमा लगानी ५ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्बमा सीमित हुने अनुमान/ सरकारी लगानीका ४४ संस्थानमध्ये १९ घाटामा ।

- अमेरिकी राष्ट्रपति जो बाइडन र सभामुख मक्कार्थीबीच ऋणको सीमा बढाउन अस्थायी सम्झौता/ संसदमा झिनो बहुमत भएकाले पारित हुनेमा अन्योल ।

- काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई/ कजाकस्तान सोझो सेटमा पराजित/ उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराउँदै नेपाल तेस्रो/ सलिना उत्कृष्ट लिबेरो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement