सन् २०२५ मा अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र भएको एम्नेस्टी इन्टरनेसनलको निस्कर्ष

मानवताविरुद्धको अपराध पनि बढेको एमनेष्टीको प्रतिवेदन
वैशाख ८, २०८३ |कान्तिपुर टीभी संवाददाता
सन् २०२५ मा अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र भएको एम्नेस्टी इन्टरनेसनलको निस्कर्ष

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

विश्वको मानवअधिकार अवस्था प्रतिवेदनमा एम्नेस्टीले सन् २०२५/२६ मा विश्वव्यापी रूपमै अधिनायकवादी अभ्यास तीव्र भएको, विमति राख्नेहरुलाई दमन गरिएको, कानुनको दुर्व्यवहारपूर्ण कार्यान्वयन, विभेद, हिंसा र अधिकारमाथि बन्देज भएको जनाएको हो । 

यस्तै शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधहरू व्यापक भएको, नरसंहार, मानवताविरूद्धको अपराध र युद्ध अपराध, हतियारको गैरजिम्मेवारपूर्ण ओसारपसार र उत्पादन तथा दण्डहीनता पनि बढेको एमनेस्टीको निष्कर्ष छ । 

प्रतिवेदनले १४४ देशहरूलाई समेट्दै प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा नरसंहार रोक्नका लागि अर्थपूर्ण कदम चाल्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका सबै अपराध रोक्न संयुक्त राष्ट्रसंघ र अन्य निकायसँग सहकार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

नागरिक अवज्ञाका शान्तिपूर्ण कार्य लगायतका विमतिलाई दमन गर्ने र अपराधीकरण गर्ने कार्य बन्द गर्न पनि एमनेष्टीले सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.