आरोहणका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङको काम सुरू

चैत्र १२, २०८१ |भरत रावल
आरोहणका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङको काम सुरू

काठमाडौं । वसन्त ऋतुसँगै सुरू हुने हिमाल आरोहणको नयाँ सिजनका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरू भएको छ ।

अहिले आइसफल डाक्टरको टोलीले सगरमाथाको पहिलो शिविरदेखि दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गरिरहेको छ ।

आङसाकी शेर्पा नेतृत्वको ८ सदस्यीय टोलीले १० दिनमा एक हजार मिटरमा डोरी टाँगिसकेको छ । फागुन २५ मा नाम्चेबाट हिँडेको टोलीले हिमालको पुजा गरेर चैत ३ देखि काम थालेको हो ।

तीब्र हावा र ठाउँठाउँमा हिमपहिरो डोरी टाँग्ने काममा ढिलाइ भएको सगरमाथा पोलुसन कन्ट्रोल कमिटी-एसपीसीसीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताउनु भएको छ ।

हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत् जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपीडीसनले काम गरिरहेको छ ।

एटके एक्सपीडीसनबाट गएको टोलीले सगरमाथा र ल्होत्सेमा पनि डोरी टााग्नेछ भने गत वर्ष सगरमाथामा काम गरेको सेभेन समिटले धौलागिरी र मकालुमा डोरी टााग्ने काम गरिरहेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।