कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता एक महिने बिदामा छन् । अर्थात् उनीहरू अहिले उत्पादन बिदामा धान रोपाइाको चटारोमा छन् । पार्टीलाई चलायमान बनाइराख्न कृषि उत्पादनलाई आयआर्जनसागै जोड्ने सिद्धान्तअनुरूप अहिले मुलुकभरका नेता कार्यकर्ता रोपाइँमा व्यस्त भएका हुन् ।
विप्लव नेतृत्वको नेकपामा स्थायी कमिटी सदस्य ६५ वषर्ीय सन्तोष बुढामगर अहिले कपिलवस्तुको शिवराज नगरपालिका ९, भोक्करमा धान रोप्न व्यस्त हुनुहुन्छ । पार्टीका महासचिव विप्लव पनि अचेल खेतमै भेटिनुहन्छ । ५८ वर्षीय चन्द पनि बिहानैदेखि सााझसम्म असिनपसिन हाुदै बीउ काढ्नेदेखि रोप्नेसम्मका काम गर्नुहुन्छ । सशस्त्र द्वन्द्वका बेला बम-बारुद्ध र बन्दुक खेलाउने हातहरू अचेल माटो खेलाउादैछन् ।
यहाँ पार्टीका जिल्ला नेतादेखि केन्द्रीय सदस्यसम्म १२/१४ जनाले रोपाइा गरिरहेका छन् । भोक्कर गाउाको ३ बिघा खेत रोपिसकेर टोली पार्टी हेडक्वाटर नजिक बिजगौरीमा रहेको ३ बिघा खेत रोप्ने तयारीमा छ ।
यसअघि महासचिव चन्द लतिलपुरको हरिसिद्धीमा ५ रोपनीमा धान रोपेर कपिलवस्तु आउनुभएको हो । यहाा रोपाइा सकेपछि महासचिवको टोली अर्घाखााची पुग्नेछ । अहिले झापादेखि कञ्चनपुरसम्म १२/१५ जिल्लामा रोपाइा भइरहेको छ । आ-आप\mनो भूगोलमा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीले रोपाइा गरिरहेका छन् । असार १० देखि साउन १० सम्म नेता कार्यकर्तालाई पार्टीको कामबाट बिदा दिएर रोपाइामा लान भनिएको छ ।
गत वर्ष नेकपाले विभिन्न जिल्लामा एक सय २० बिघामा गरेको खेतीबाट करिब १५ सय क्विन्टल धान उत्पादन भएको थियो । पोखरामा जेठो बूढो, कपिलवस्तुमा साभा मन्सुली, जुम्लामा मार्सीलगायत धान लगाइएको थियो । पछि त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण गरियो । यस वर्ष करिब दुई सय बिघामा धान लगाइादैछ । पार्टीको दुई तरिकाले खेती गर्ने नीति छ । एउटा पार्टीले नै सबै खर्च दिएर संस्थागत खेती र अर्को पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको लगानीमा खेती । संस्थागत खेतीको सबै आम्दानी पार्टीले लिन्छ भने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको आधा लगानीको खेतीमा ६० प्रतिशत व्यक्ति र ४० प्रतिशत पार्टीले लिन्छ ।