पोखरा । पर्यटनको राजधानी पोखरा यति बेला पर्यटकको चहलपहल छैन । यसै पनि बर्खामास पर्यटकको अफ सिजन हो । त्यसमाथि सडक यातायात भरपर्दो नहुँदा पोखरामा यो समयमा पर्यटकहरू उल्लेख्य मात्रामा घटेका हुन् । पोखरा क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यमै पर्यटक छैनन् । अनि होटेलहरूको अकुपेन्सी मुस्किलले १० प्रतिशत छ ।