![चिया प्रवर्धनका लागि ‘स्काई डोम’ [तस्बिरसहित]](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2024/miscellaneous/SkyDom5-1722360939.jpg&w=1000&height=550)
पाँचथर । पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ ।
जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजंघा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटिले एक करोड रुपैयाँ लगानी गरेर स्काई डोम निर्माण गरेका हुन् ।
फिदिम नगरपालिका १, कञ्चनजंघा टी स्टेटदेखि १० मिनेट पैदल दूरी यात्रापछि पुगिने ठाउँमा पाँचवटा डोम निर्माण गरिएको छ ।
जगमा सिमेन्ट राखिएका डोम प्रत्येक डोममा दुई जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजंघा टी-स्टेटका प्रबन्ध निर्देशक नीरानन्द आचार्यले बताउनुभयो । डोम क्षेत्रमा वायु र ध्वनि प्रदूषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेहरूका लागि पनि उपयुक्त हुने उहाँको भनाइ छ ।

