चिया प्रवर्धनका लागि ‘स्काई डोम’ [तस्बिरसहित]

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिया प्रवर्धनका लागि ‘स्काई डोम’ [तस्बिरसहित]

पाँचथर । पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ ।

जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजंघा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटिले एक करोड रुपैयाँ लगानी गरेर स्काई डोम निर्माण गरेका हुन् ।

फिदिम नगरपालिका १, कञ्चनजंघा टी स्टेटदेखि १० मिनेट पैदल दूरी यात्रापछि पुगिने ठाउँमा पाँचवटा डोम निर्माण गरिएको छ ।

जगमा सिमेन्ट राखिएका डोम प्रत्येक डोममा दुई जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजंघा टी-स्टेटका प्रबन्ध निर्देशक नीरानन्द आचार्यले बताउनुभयो । डोम क्षेत्रमा वायु र ध्वनि प्रदूषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेहरूका लागि पनि उपयुक्त हुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.