प्रधानमन्त्रीकै तहबाट प्रयास गर्दा पनि हवाई टिकटमा लगाइएको भ्याट हटाउन सकिएन : मन्त्री तामाङ

जेष्ठ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीकै तहबाट प्रयास गर्दा पनि हवाई टिकटमा लगाइएको भ्याट हटाउन सकिएन : मन्त्री तामाङ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीकै तहबाट प्रयास गर्दासमेत हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर-भ्याट हटाउन नसकिएको बताउनु भएको छ ।

चालु आर्थिक वर्षको बजेटदेखि सरकारले हवाई टिकटमा लगाएको भ्याट हटाउन व्यवसायीहरूले माग गरिरहेका बेला सरकारले आगामी आर्थिक वर्षको बजेटमा उक्त व्यवस्थालाई निरन्तरता दिएको हो । टिकटमा भ्याट लगाउने नीति इन्टरनेस्नल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)को नियम विपरीत रहेको भन्दै हटाउन व्यवसायीले माग गर्दै आएका थिए । तर मन्त्री तामाङले प्रधानमन्त्रीको तहबाट प्रयास गर्दा समेत भ्याटको व्यवस्था बजेटबाट हटाउन नसकिएको बताउनु भयो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस- नाट्टाको ५७ औं वार्षिक साधारण सभामा मन्त्री तामाङले बजेटमै सन् २०२४ मा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य लिनु पर्यटन क्षेत्रका लागि सकारात्मक रहेको बताउनु भयो । धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा सुन्दर देश भए पनि त्यसअनुसार पर्यटक भित्र्याउन नसकिएको उहाँको भनाइ छ । 

पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने पनि मन्त्री तामाङले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.