गत वर्ष भन्दा यो वर्षको मे महिनामा पर्यटक आगमन १६ प्रतिशतले बढ्यो

जेष्ठ २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गत वर्ष भन्दा यो वर्षको मे महिनामा पर्यटक आगमन १६ प्रतिशतले बढ्यो

काठमाडौं । सन् २०२४ को मे महिनामा गत वर्षको यही अवधिको तुलनामा पर्यटक आगमन १६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ को मे मा ७७ हजार ७ सय ३ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को मेमा ९० हजार २ सय ११ पर्यटक नेपाल भुम्न आएका छन् । यो संख्या कोरोनाअघि अर्थात सन् २०१९ को भन्दा १५ दशमलव १-६ प्रतिशतले बढी हो । सन् २०१९ मा ७८ हजार ३ सय २९ पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को मेमा सबैभन्दा बढी पर्यटक भारतबाट ३८ हजार ३ सय ८८, दोस्रोमा अमेरिकाबाट ८ हजार ५ सय २७ र तेस्रोमा चीनबाट ८ हजार ३ सय ८१ पर्यटक नेपाल आएका हुन् ।

सन् २०२४ को पहिलो ५ महिनामा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल भित्रिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.