हिउँले सेताम्मे बन्यो रारा (तस्बिरहरू)

माघ १९, २०८० |राजबहादुर शाही
हिउँले सेताम्मे बन्यो रारा (तस्बिरहरू)

मुगु । रारा यति बेला हिउँले सेताम्मे बनेको छ । हिमपात पछि शुक्रबार मौसम खुलेर आकाश सफा भएसँगै रारा कपास फुले झैँ सेताम्मे देखियो । रारा ताल वरिपरिका रुखहरू हिउँले निहुरिएका छन् । तालको पानी सेता आकारले टल्किन थालेको छ । राराले दिनमा तीनपटक रूप बदल्ने गरेको छ ।

घुम्न आएका पर्यटकहरू, निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवान हिउँ खेल्दै रमाउन थालेका छन् । यो वर्षको दोस्रो पटक यति बेला रारा हिउँले सेताम्मे भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले जानकारी दिए । उनका अनुसार रारामा हालसम्म यो वर्षकै बाक्लो हिउँ परेको छ ।

बाक्लो हिउँ परेपछि रारामा चिसो बढेको छ भने कर्मचारी र पर्यटकहरू होटेलमा आगो बालेर बस्न बाध्य भएका छन् । 


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।