पर्यटकीय सिजनको सुरुमा फुङ्लिङ पुग्ने विदेशी पर्यटकको स्वागत

भाद्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
पर्यटकीय सिजनको सुरुमा फुङ्लिङ पुग्ने विदेशी पर्यटकको स्वागत

ताप्लेजुङ । पर्यटकीय सिजन सुरु भएपछि पहिलो पटक ताप्लेजुङ भित्रिएका विदेशी पर्यटकलाई फुङ्लिङ नगरपालिकाले स्वागत गरेको छ ।

कञ्चनजंघा क्षेत्रको भ्रमणमा निस्किएका जर्मनीका दुई र अस्ट्रियाका एकजना गरी तीन जनालाई फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले अबिर र खादा लगाएर स्वागत गरेका हुन् ।

भदौ अन्तिमदेखि असोज र कात्तिक महिनामा सयौंको संख्यामा विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमणका लागि आउने गरेका छन् । मेयर मादेनले उनीहरुलाई होटलमै पुगेर स्वागत गरेका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.