दिदी-बहिनी झरनामा पर्यटक झुम्मिँदै (तस्बिरसहित)

भाद्र ५, २०८० |कान्तिपुर टीभी संवाददाता
दिदी-बहिनी झरनामा पर्यटक झुम्मिँदै (तस्बिरसहित)

इलाम । इलामको नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको दिदी-बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ पुवा मझुवामा रहेको झरनामा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको हो । मेची राजमार्गको बाघखोरबाट अढाइ किलोमिटरको कच्ची सडकको यात्रा गरेपछि झरना पुग्न सकिन्छ ।

पहिले भिर मौरी पाइने ठाउँ र दुईवटा झरना नजिक भएको हुँदा यसलाई महभिरको दिदिबहिनी झरना नामकरण गरिएको स्थानीयको भनाइ छ ।

लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई आकर्षित बनाउँछ । यस क्षेत्रमा टिमुर, चिमफिङ, वनसुपारी, चिराइतोलगायत २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुनसक्छ । यहाँ पुग्ने पदमार्ग, बिसाउनी स्थललगायत पूर्वाधार निर्माण गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.