डान इभान्स इस्टबर्न ओपन टेनिसको क्वार्टरफाइनलमा

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
डान इभान्स इस्टबर्न ओपन टेनिसको क्वार्टरफाइनलमा

काठमाडौं । ब्रिटेनका डान इभान्स, इस्टबर्न ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ३५ वर्षीय इभान्सले, क्विन्स च्याम्पियनसिपका पूर्वविजेता टम्मी पललाई तीन सेटमा पराजित गरेका हुन् ।

इभान्सले यो सिजन ग्रास कोर्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले विश्व अमेरिकी खेलाडी पललाई पहिलो सेटमा ६-४ ले हराए । हाल विश्व वरियताको १३ औं स्थानमा रहेका पल दोस्रो सेटमा खेलमा फर्किए । यो सेट उनले ६- ३ ले जितेपछि खेल रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । विश्व वरियतामा १ सय ७० औं स्थान प्राप्त इभान्सले तेस्रो तथा निर्णायक सेटमा शानदार पुनरागमन गरे । 

उनले यो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । इभान्सले क्विन्स च्याम्पियिनसिपमा दुई साताअघि मात्र विश्व नम्बर १४ फ्रान्सिस टियाफोलाई हराएका थिए । यस्तै वरियताको ५० औं स्थानमा रहेका सर्वियन मियोमिर केच्मानोभिचलाई पनि इभान्सले पराजित गरेका थिए । घरेलु समर्थकबीच जीत हात पारेपछि इभान्सले खुशीयली मनाए । अन कोर्ट इन्टरभ्युमा उनी भावुक पनि बनेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.