बाड हमबर्ग ओपन टेनिसमा मिराको संघर्षपूर्ण जीत

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाड हमबर्ग ओपन टेनिसमा मिराको संघर्षपूर्ण जीत

काठमाडौं । टिनेजर मिरा आन्द्रिभाले बाड हमबर्ग ओपन टेनिसमा संघर्षपूर्ण जीत हात पारेकी छिन् । रुसकी आन्द्रिभाले डेनमार्ककी क्लारा टसनलाई तीन सेटमा पराजित गरेकी हुन् ।

आगामी सोमबारबाट विम्बल्डन सुरु हुँदैछ । १८ वर्षीया आन्द्रिभाले ग्रास कोर्टमा १ सय ९ मिनेट वर्कआउट गरिन् । विश्व नम्बर सात आन्द्रिभा एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएकी हुन् । उनले पहिलो सेट ३-६ ले गुमाएकोमा दुई सेटमा लय समाइन् । विश्व नम्बर २३ क्लाराविरुद्ध उनले दोस्रो सेट ६-३ ले जितेपछि सेट एक-एकको बराबरी भएको थियो । 

तेस्रो सेटमा आन्द्रिभा ६-१ ले विजयी भएपछि क्वार्टरफाइनलमा प्रवेश पाइन् । जितपछि आद्रिभाले यो खेल कठिन हुन्छ भन्ने थाहा भएको प्रतिक्रिया दिएकी थिइन् । यो सिजन यी दुई बीच भएको यो चौथो भेट हो । सुरुवातमा आन्द्रिभालाई , क्लाराको शसक्त सर्भमाथि नियन्त्रण गर्न कठिन भएको थियो । 

उनले त्यो निराशा कोर्टमा देखाएकी पनि थिइन् । अब आन्द्रिभाले चेक खेलाडी लिन्डा नोस्कोभासँग प्रतिस्पर्धा गर्नेछिन् । रुसकी एकाटेरिना अलेक्जान्द्रोभाले मारिया सकारीलाई पराजित गरिन् । उनले ग्रिक खेलाडीविरुद्ध ६-३, ७-६, ३ को जीत हात पारेकी हुन् । अब एकाटेरिनाले पोल्यान्डकी इगा स्वान्तेकसँग खेल्नेछिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.