अल नासारसँग सम्झौता नवीकरणको तयारीमा रोनाल्डो

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अल नासारसँग सम्झौता नवीकरणको तयारीमा रोनाल्डो

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, साउदी प्रो-लिग क्लब अल नासारसँग सम्झौता नवीकरणको नजिक पुगेका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार, रोनाल्डोले , नासारसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन् । पाँच पटकका बालुन दो विजेता रोनाल्डो नया सहमति अनुसार सन् २०२६ सम्म रियादमा नै रहने उल्लेख गरिएको छ । ४० वर्षीय रोनाल्डोको नासारसँगको सम्झौता यही जुनको अन्त्यमा सकिँदैछ । थप दुइ वर्षको सम्झौता अन्तिम चरणको नजिक पुगेको छ । 

गत महिना साउदी प्रो-लिगको यो सिजनको अन्तिम खेलपछि रोनाल्डोले आफ्नो सामाजिक संजालमा द च्याप्टर इज ओभर लेखेका थिए । जसका कारण उनले नासार छोड्ने समाचार बाहिर आएको थियो । त्यसपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले, क्लब विश्वकप खेल्ने टिमसँग आवद्ध हुनका लागि रोनाल्डोलाई आग्रह गरेका थिए । रोनाल्डोले विश्वकप खेल्ने क्लबबाट प्रस्ताव आए पनि अस्वीकार गरेको बताएका थिए । सन् २०२३, जनवरीमा म्यानचेस्टर युनाइटेडबाट नासारमा आवद्ध भएका रोनाल्डो साउदीमा अहिलेसम्म उपाधीविहीन छन् । उनले १ सय ११ खेल खेल्दै ९९ गोल गरेका छन् । 

उनले साउदी प्रो लिगका पछिल्ला दुई सिजन गोल्डेन बुट पनि जितेका थिए । रोनाल्डोको कप्तानीमा यसै महिनाको सुरुवातमा पोर्चुगलले , स्पेनलाई पेनाल्टीमा पराजित गर्दै युएफा नेशन्स लिग उपाधि जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.