कपिलवस्तु । कोभिडले शून्य बनाएको बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक बढेका छन् । ५० मुलकका पर्यटकले भ्रमण गरेका छन् ।
लुम्बिनी विकास कोष सूचना शाखाका अनुसार सन् २०२३ को जुलाईसम्म सात महिनाका अवधिमा नेपाली, भारतीय र विदेशी गरि ५ लाख ६० हजार ३२५ पर्यटक लुम्बिनी आएका थिए ।
२०२२ को सात महिनामा ४ लाख ६५ हजार ९७९ पर्यटक आएका थिए । २०२३ को ७ महिनामा ३६ हजार ९९७ विदेशी, एक लाख ६३ हजार ९६८ भारतीय र ३ लाख ७९ हजार ३६० नेपाल आएका छन् ।
सबैभन्दा धेरै म्यानमार, श्रीलंका, थाइल्यान्ड र भियतनामबाट आएका छन् । पर्यटक बढेसँगै लुम्बिनीको पर्यटन चलायमान बनेको छ ।