पशुपति पुगेका मन्त्री किरातीको टिप्पणी- कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्दा रहेछन्

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
पशुपति पुगेका मन्त्री किरातीको टिप्पणी- कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्दा रहेछन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा मात्रै लाग्ने गरेको पाइएको जनाएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् । पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाइ थियो । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि गुनासो गरे। त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि मन्त्री किरातीको भनाइ थियो ।

‘विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त,’ उनले भने, ‘अब संस्कृति जनतामा कस्तो भने कुकुर डोहोर्‍याउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा फोहोर फ्याँकेर हिँड्ने । हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाइ हो ।’

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि फोहोर नउठाउने गरेको आफूले पाएको उल्लेख गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.