अब गाइड नलिइ पदयात्रामा जानै नपाइने

फाल्गुन १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
अब गाइड नलिइ पदयात्रामा जानै नपाइने

काठमाडौं । नेपाल पर्यटन बोर्डले गाइड नलिई पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डको निर्णय आगामी अप्रिलदेखि लागु हुनेछ ।

गन्तव्यलाई सुरक्षित बनाउँदै‌ उद्धारमा सहजता ल्याउन यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ । पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली अर्थात् ‘टिम्स कार्ड’ बिक्रीको अनुमति पाएका निकायबाट लिएर भ्रमणमा जाने गरेका थिए ।

अब पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइडसँग मात्र पदयात्रामा निस्कनु पर्नेछ । बोर्डले टिम्स कार्डको मूल्य भने शतप्रतिशत बढाएको छ । यसअघि गाइड नलिएर घुम्ने पर्यटकका लागि दुई हजार र गाइड लिएर जानेले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्थो ।

बोर्डको यो निर्णयसँगै एकै प्रकारको टिम्स कार्ड लागु हुने र शुल्क दुई हजार रुपैयाँ पुर्‍याइएको छ । सार्क मुलुकका नागरिकले यसअघि दुई सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब एक हजार तिर्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.