आईसीटी अवार्ड-२०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक

पब्लिक भोटिङ सुरू
मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीटी अवार्ड-२०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं । आईसीटी अवार्ड-२०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड र सोसल इनोभेसन आईसीटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ ।

उत्कृष्ट ५ छनोटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्रान्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुती दिएका थिए । उनीहरुको प्रस्तुती, इनोभेसन, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन सो समेत प्रसारण भइरहेको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा बसियो सर्भिसेस प्राली, क्रिमसन टेक प्राली, फ्यान्टासी गेम्स प्राली, जियोभेसन नेपाल प्राली र हेल्थ याद आयो प्राली रहेका छन् । यसैगरी प्रडक्ट आईसीटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ई निर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् ।

त्यस्तै राइजिङ स्टार इनोभेसन विधामा बाली विज्ञान, डा. फिस, हाइपर्स, स्पिकअप नेपाल र राइट अन एआई परेका छन् । साथै यसैवर्षदेखि थप भएको सोसल इनोभेसन विधामा कताहो, इकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् । 

आईसीटी अवार्ड २०२४ का यी ४ विधाहरुमा ३ सय बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । 

सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आइडिया फेस्ट २०२४ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ । 'हाम्रो पे'मार्फत पब्लिक भोटिङ गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।

साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आईसीटी अवार्ड २०२४ मा सहभागी हुन पाउने छन् । 'हाम्रो पे'बाट आफूलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आईसीटी अवार्ड प्रदान गरिने छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement