टिकटक चल्ने बनाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
टिकटक चल्ने बनाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाइएको जानकारी दिएको हो । सरकारले यही महिनाको ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । 

प्राधिकरणले सोही बमोजिम टिकटको प्रयोग र पहुँचमाथिको प्रतिबन्ध हटाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई भनेको हो । 

‘अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ प्रधिकरणले सूचनामा भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement