नाडा अटो शो : पाँचौ दिनसम्म गाडी बुकिङमा देखियो उत्साह

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाडा अटो शो : पाँचौ दिनसम्म गाडी बुकिङमा देखियो उत्साह

काठमाडौं । नाडा अटो शो २०२४ मा अवलोकनकर्ताको आकर्षणसँगै गाडी बुकिङमा पनि उत्साह देखिएको छ ।

मेलाको पाँचौ दिनसम्म आउँदा ८० हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् भने १५ सय भन्दाबढी गाडी बुकिङ भएको नाडाले जनाएको छ । मेलामा १९ लाख रुपैयाँको मिनी इभीदेखि १ करोड ८० लाख पर्ने ७ सिट क्षमताको मेलाकै सबैभन्दा ठूलो इभीसमेत बुक भएका छन् ।

अटो शोमा पेट्रोलियममा भन्दा विद्युतीय गाडीमा भ्रमणकर्ता झुम्मिएका छन् । त्यसमा पनि टाटाको पन्च, बिवाईडीको अटो-थ्रि, डोङफिङको नामीको बुकिङ ५ दिनमा ३ सयभन्दा बढी भएका छन् । त्यस्तै उद्घाटनको दिन ८ हजार पाँच सयले मेला अवलोकन गरेकोमा बुधबार १५ हजार ३ सय, बिहीबार १५ हजार पाँच सय र शुक्रबार १७ हजार २ सयले मेला अवलोकन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement