फेसबुक डाउन, विश्वभरै समस्या

फाल्गुन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
फेसबुक डाउन, विश्वभरै समस्या

काठमाडौं । फेसबुकमा विश्वभरि नै प्रविधिक समस्या आएको छ । नेपाली समयअनुसार मंगलबार बेलुका साढे ९ बजेतिरबाट फेसबुक डाउन भएको छ । फेसबुकका साथै मेसेन्जर र थ्रेड्स चलेको छैन । इन्स्टाग्राम र ह्वाट्सएपमा पनि समस्या देखिएको छ ।

मेटाअन्तर्गतका सबैमा समस्या देखिएपछि फेसबुकले प्राविधिक समस्या देखिएको भन्दै सम्भव भएसम्म छिटो समस्या समाधान गर्ने जनाएको छ । फेसबुक प्रयोगकर्ताहरुले अकाउन्ट एकाएक लगआउट भएको र त्यसपछि लगइन हुन सकेको छैन ।

फेसबुकले ट्विट गर्दै केही उपभोक्ताले फेसबुक चलाउन समस्या भएको जानकारी गराएको भन्दै यसप्रति दु:ख व्यक्त गरेको छ । यस्तो समस्या विश्वभरका प्रयोगकर्तालाई भइरहेको छ ।

फेसबुकले यथासम्भव छिटो समस्या समाधान गर्ने जनाएको छ । यससम्बन्धी एक्स (पहिले ट्विटर) सहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । फेसबुकमा आएको समस्याबारे एक्समा ट्रेन्डिङमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement