क्यान इन्फोटेक प्रदर्शनीमा अवलोकनकर्ताको भिड

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
क्यान इन्फोटेक प्रदर्शनीमा अवलोकनकर्ताको भिड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि सुरु भएको क्यान इन्फोटेक प्रदर्शनी अवलोकन गर्नेहरुको भिड बढेको छ ।

इन्फोटेकमा नयाँनयाँ सूचना प्रविधि र जानकारी लिनको लागि अवलोकन कर्ताहरुको बाक्लो उपस्थिति भइरहेको व्यवसायीहरुले जानकारी दिएका छन् । उनीहरुले मेलामा नेपाली सफ्टवयर इञ्जिनीयरहरुले बनाएका नयाँनयाँ प्रविधिहरुको अवलोकन गर्न र कलेजहरुकोसमेत स्टल रहेकाले टेक्नोलोजी पढ्न चाहने धेरै विद्यार्थीहरु अभिभावकसहित इन्फोटेकमा अवलोकन गर्न आइरहेको बताए ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्य क्यान इन्फोटेकको रहेको आयोजकले बताएको छ । समयअनुसार प्रविधिको नयाँनयाँ विकास हुँदै गएकाले इन्फोटेकमा नयाँ प्रविधिहरु हेर्न र जानकारी लिन मेलामा आउने अवलोकनकर्ताहरुको भिड लागिरहेको लर्डबुद्ध एजुकेसन फाउण्डेसनका निर्देशक उदयकान्त झाले बताए ।

त्यस्तै, मेलामा स्टल राखेको पिसिपिएस कलेजका मार्केटिङ म्यानेजर सुनन्द रेग्मीले पछिल्लो समय मोबाइल एप्सहरुमा नै धेरै टेक्नोलोजी हेर्न सकिने भएकाले मेलामा अवलोकनकर्ताको कमी जस्तो देखिएको बताए । उनले मेलामा टेक्नोलोजी अध्ययन गर्न विद्यार्थीहरुको लागि कजेलहरुका स्टल राखिनाले उनीहरुको आवागमन बढेको बताए ।

मेलामा १ सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेट लगायतका सामग्री अवलोकन गर्ने पाइन्छ । इन्फोटेकमा नयाँ प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिन्छ ।

मेलामा नेपाल टेलिकम, कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, गमला घर, किताब, इलेक्टिकल बाइकहरुकोसमेत स्टल राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.