प्रधानमन्त्रीको निर्देशनमा एमडीएमएस प्रणाली लागु नहुने

पुस १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको निर्देशनमा एमडीएमएस प्रणाली लागु नहुने

काठमाडौं । आजैदेखि लागु हुने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु नहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विस्तृत अध्यन गरेर मात्रै लागु गर्न निर्देशन लिएपछि तत्काललाई स्थगन गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । वैदेशिक रोजगारीबाट फर्किने नेपालीले एउटा फोन आफ्नो परिवारका लागि पनि ल्याउन नपाएको भन्दै गुनासो गरिरहेको थिए ।

विदेशबाट फर्किंदा कति ल्याउन पाउनु यो विषयमा अध्ययन भएपछि मात्रै लागु हुने खनालले बताएका छन् । साउन १ गतेबाट सफ्ट लन्च गरिएको एमडीएमएस आज (शुक्रबार) देखि पूर्ण कार्यान्वयनमा ल्याउने दूरसञ्चार प्राधिकरणको तयारी थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.