काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेको स्पेनिस राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
मंगलबार बिहान स्वदेश फर्किएको टोलीलई राजधानी मड्रिडमा भव्य स्वागत गरिएको छ। सरकारी अनुमानअनुसार करिब २० लाख समर्थकले टोलीको ऐतिहासिक सफलताको खुसी साटेका थिए।
विश्वविजेता स्पेनको राष्ट्रिय फुटबल टिमलाई स्वदेश फिर्तिमा भव्य स्वागत गरिएको छ । किङ अफ वल्ड लेखिएका र दुईवटा ठूला तारा अंकित खुला बसमा सवार खेलाडीले गीत गाउँदै, नाच्दै समर्थकलाई अभिवादन गरे । खेलाडीले बसमा म्याड्रिडका मुख्य सडक परिक्रमा गरेका थिए ।
टोलीलाई स्वागत गर्न आएका अधिकांश समर्थक स्पेनको राष्ट्रिय टिमको जर्सी लगाएर राष्ट्रिय झन्डा फहराउँदै सहभागी भएका थिए । खेलाडीको झलक हेर्न स्पेनका विभिन्न क्षेत्रसँगै विदेशबाटसमेत समर्थक म्याड्रिड पुगेका थिए । क्याटालोनिया क्षेत्रबाट आएका ३४ वर्षीय फ्रान कारातालाले विश्व च्याम्पियन बन्ने सपना पूरा भएको भन्दै उत्साह व्यक्त गरे ।

एस्टोनियाबाट आएका ४४ वर्षीय डानिएल गाओनाले पनि विश्वकप फाइनल हेर्न स्पेन फर्किएको बताउँदै देशभर उत्सवमय वातावरण रहेको प्रतिक्रिया दिए। वी आर च्याम्पियन्स लेखिएको टिसर्ट लगाएका खेलाडीले समर्थकलाई उपहारस्वरुप फुटबल दिएका थिए ।
फरवार्ड बोर्जा इग्लेसियासले ओपन टप बसको माथिबाट डीजे सेटमार्फत संगीत बजाउँदै उत्सवलाई थप रौनक दिएका थिए । बसमा ‘स्टार्स साइन टुगेदर’ भन्ने नारासहितको ब्यानर राखिएको थियो । विजय र्यालीअघि स्पेनका राजा फेलिपे र प्रधानमन्त्री पेद्रो सान्चेजले टोलीलाई बधाई दिएका थिए।
दुवै जना आइतबार न्युजर्सीमा भएको विश्वकप फाइनल प्रत्यक्ष हेर्न पुगेका थिए । प्रधानमन्त्री सान्चेजले डे ला फुएन्टाको प्रशिक्षण टोली र खेलाडीको उत्कृष्ट प्रदर्शन, अथक मिहिनेत र ऐतिहासिक सफलताप्रति धन्यवाद व्यक्त गर्दै सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्पेनले तेस्रो पुरुष विश्वकप उपाधि जित्ने आशा व्यक्त गरे ।
गत आइतबार राति भएको फाइनलमा अर्जेन्टिनालाई १-०ले हराउँदै स्पनेले दोस्रो पटक उपाधि जितेको थियो । उपाधि जितेको टिमका खेलाडीले फिफाका तर्फबाट साढे साढे २ अर्ब रुपैयाँ पाउनेछन्। यो रकम २६ खेलाडीमा बाँडिनेछ।