अक्सनपछि जनकपुर बोल्ट्स : बलियो कि अझै अधुरो ?

असार ३१, २०८३ |विनयज्योति सापकोटा
अक्सनपछि जनकपुर बोल्ट्स : बलियो कि अझै अधुरो ?

काठमाडौं । नेपाल प्रिमियर लिग- एनपीएलको तेस्रो संस्करको अक्सन सम्पन्न भएसँगै जनकपुर बोल्ट्सले ११ नेपाली खेलाडीको स्क्वाड तयार पारेको छ । 

पहिलो सिजनमा अभेद्य देखिएको यो टोली दोस्रो सिजमा कसरी अत्यन्तै कमजोर बन्यो र तेस्रो संस्करणमा कसरी कमब्याक गर्नुपर्छ विषयमा गम्भीर रहँदै रणनीति बनाएर जनपुरले टिम निर्माण गरेको छ । 

कस्तो बनेको छ त जनकपुरको टिम ?

पहिलो संस्करणको नेपाल प्रिमियर लिग- एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनमा भने अंक तालिकाको पुछारमा रहँदै सिजनको समाप्त गर्यो । त्यहीँ टिमले तेस्रो संसकरणको लागि आफ्नो टिममा व्यापक परिवर्तन गरेको छ। 

अक्सनअघि सात खेलाडी रिलिज गरेको उसले अक्सनमा सबै नयाँ खेलाडी अनुबन्ध गर्यो । यसपटक जनकपुरले शीर्ष क्रममा खेल्न सक्ने साथै अलराउन्डरलाई प्राथमिकतामा राखेको छ। अक्सनमार्फत जनकपुरले तृतराज दासलाई १५ लाखमा अनुबन्ध गर्यो । 

उसले टिममा रहेको फास्ट बलर र शीर्ष क्रममा पनि जिम्मेवारीपूर्वक ब्याटिङ गर्न सक्ने खेलाडीको कमी पूरा गर्न तृतराजलाई किनेको हुनुपर्छ । घरेलु क्रिमेटमा अनुभवी उनी टीयू रंगशालामा टिमका लागि उपयुक्त हुनसक्ने आकलन छ । पछिल्लो समय कन्सिस्टेन्ट प्रदर्शन नगरे पनि उनीसँग उमेर समूहको क्रिकेटको अनुभव पर्याप्त हुनेछ । 

विदेशी खेलाडीको राम्रो विकल्प नहुने हो भने उनी अनिलसँग ओपनिङमा आउन सक्नेछन् । आर्मीका लागि पनि ओपनिङ गरेका उनीबाट राम्रो प्रदर्शनको अपेक्षा छ । यसअघिका मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको जनकपुरले अनिलकुमार शाह, ललितनारायण राजवंशी, विकाश आग्री, मयन यादव र आदित्य मेहतालाई रिटेन गरेको थियो । 

विकास आग्रीले पछिल्लो वर्षमा धेरै खेले खेलेका छैनन् र उच्च फर्ममा पनि छैनन् । दोस्रो सिजनमा खासै अवसर नपाएका उनले बलिङबाट टिमलाई सहयोग गर्न सक्नेछन् । घमेशबाट घरेलु क्रिकेट खेलने मयन यादवले गत सिजनको एक खेलमा ३४ रन बनाए । 

बाँकी खेलामा खास प्रदर्शन छैन । यता, ओपनर अनिलले स्पिन बलिङमा सहयोग गर्नेछन् । ललित आफैं स्पिन डिपार्टमेन्टका क्लबका हेड मात्रै छैनन्, मार्की पनि रहनेछन् । अक्सनमा अभिषेक तिवारी, विशाल पटेल र अमरसिंह रौटेला ५ लाख रकममा टिममा अनुबन्ध भए । 

अलराउन्डर अभिषेक तिवारी अन्डर सिक्सटिन कप्तान पनि हुन् । उनी फास्ट बलिङ गर्ने मिडिल अर्डरमा खरो प्रहार गर्ने क्षमता राख्छन् । लेफ्ट आम पेसर विसाल पटेलसँग पनि उमेर समूहको क्रिकेटको अनुभव छ । उनी घातक स्विङ बलिङ गर्छन् जसले त्रियूमा प्रभाव पार्न सक्छ । र, घरेलु क्रिकेटका अनुभवी अलराउन्डर अमरसिंह रौटेलाले सबै फ्रेन्चाइज क्रिकेट खेलेका छन् । 

उनले मध्यक्रममा हिटिङ गर्न सक्छन् । मिडियम पेस बलिङ उनको साइड जब हुनेछ जसले मिडमा रन रोक्न सक्ने क्षमता राख्छ । त्यसैगरी, मिथिलाको टिमले रित गौतमलाई ४ लाख २५ हजारमा अनुबन्ध गर्दा सन्तोष कार्कीलाई जनकपुरले तीन लाखमा पाएको हो । 

आशुतोष पाण्डे र विशाल सुस्लिङले भने २ लाखमा नै अनुबन्ध भएका छन् । रित गौतम नेपालको अन्डर १९ कप्तान हुन् । फर्ममा भएका उनले टप अर्डरमा राम्रो गर्न सक्छन् । उनले उमेर समूहमा शतक प्रहार गरेका छन् । सन्तोष कार्की आर्मीका शीर्ष क्रमका खेलाडी हुन्, उनले एनपीएलमा प्रशिक्षकले विश्वास जित्न सके राम्रो प्रदर्शनको अपेक्षा छ । 

आशुतोष पाण्डे युवा खेलाडी भएकाले उनले आफूलाई प्रमाणित गर्न बाँकी छ । यता, अफस्पिन बलिङ गर्ने विशाल सुस्लिङ मिडिल अर्डरमा राम्रो ब्याटिङ गर्न माहिर छन् । जनपुरले घरेलु खेलाडीबाट सबैजसो डिपार्टमेन्ट कभर गरेको छ । तर, यो टिममा उसले अब अनुभवी विदेशी खेलाडी खोज्नु पर्नेछ । 

घरेलु क्रिकेटमा उत्कृष्ट खेलाडी भए उसँगै म्याचविनर खेलाडीको भने कमी देखिन्छ । यसलाई विदेशी खेलाडीबाट पूर्ति गर्नुपर्ने छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।