विश्वकप जर्सीमा एआई क्रान्ति : बजारको कपडादेखि डिजिटल पोस्टरसम्म नयाँ ट्रेन्ड

जेष्ठ २२, २०८३ |विनयज्योति सापकोटा
विश्वकप जर्सीमा एआई क्रान्ति : बजारको कपडादेखि डिजिटल पोस्टरसम्म नयाँ ट्रेन्ड

काठमाडौं । विश्वकप नजिकिएसँगै जर्सी निर्माता कम्पनीले धेरै मेहेनत गरेर जर्सीका आकर्षक र नयाँ नयाँ डिजाइन गर्ने गरेका छन् । समर्थकहरुले पनि आफ्ना पि्रय टिमको जर्सी किनेर लगाउने गरेका छन् । तर प्रविधिको बढ्दो प्रयोगसागै डिजिटल प्लेटफार्म र सामाजिक सञ्जालहरुमा एआईले तयार पारेका जर्सीयुक्त तस्वीरहरुले व्यापकता पाएको छ ।

अहिले आर्टिफिसिय इन्टेलिजेन्स एआईले विभिन्न थरीका तस्वीरहरु बनाइदिन थालेपछि फुटबल समर्थक पनि एआईबाट विश्वकपका लागि आफ्नै पोस्टर बनाउन थालेका छन् । ग्राफिक्स डिजाइनका लागि निकै मेहेनेत पर्ने भएकाले राम्रो पोस्टर बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने हुन्थ्यो । तर एआईको विकाससागै तस्वीर अप्लोड गरेर प्रम्प्ट राखेपछि एआईले नै आकर्षक पोस्टर बनाइदिन्छ ।

विश्वकप नजिकिादै गर्दा समर्थकहरु पनि आफूलाई मनपर्ने टिमको जर्सीमा आफ्नै पोस्टर बनाएर सामाजिक सञ्जालमा देखिन थालेका छन् । पोस्टरका लागि खोजेजस्तै प्रम्प्ट अनलाइनमै भेटिन्छन् । बस् खोज्न जान्नु पर्यो । जसले जर्सी प्रयोगको व्यापकतालाई प्रविधिमैत्री बनाएको छ भने समर्थकले चाहेजस्तै पोस्टर बनाउने पाउने भएका छन् । 

तस्बिर बनाउने एआई वेभसाइटलाई उपयुक्त प्रम्प्टसहित तस्विर राखिदिएपछि उसले प्रम्प्ट अनुसारका उत्कृष्ट जर्सी डिजाइन गरिदिन्छ । त्यसैले अहिले केही यस्ता समर्थक पनि भेटिए जो जर्सी खोज्न बजार जानुभन्दा च्याट जिपिटी, जेमिनी, पप्लेक्सिटी र अन्य तस्वीर बनाउने एआईका लागि उपयुक्त प्रम्पटको खोजी गरिरहेका छन् ।

कसैलाई जर्सी किनेरै लगाउन पर्छ भने कसैलाई सामाजिक सञ्जालमा उपस्थितिका लागि मात्रै जर्सी आवश्यक पर्छ । के तपाईाले पनि यस्तै एआई निर्मित पोस्टर बनाउनु भयो ?कि आफुलाई मन परेको टिमको जर्सी बजारमा गएर किन्नु भयो ?


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।