क्यानविरुद्ध कारबाही अघि बढाउन खेलकुद मन्त्रालयको निर्देशन

वैशाख २७, २०८३ |कान्तिपुर टीभी संवाददाता
क्यानविरुद्ध कारबाही अघि बढाउन खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन प्रक्रियामा सहयोग नगरेको भन्दै सरकारले नेपाल क्रिकेट संघ क्यानविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले वैशाख १४ गते पत्र पठाउँदै क्यानसँग अन्तिमपटक स्पष्टीकरण माग गर्ने र सन्तोषजनक जवाफ नआए कारबाही अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिने जनाएको थियो ।

पत्रअनुसार अख्तियारमा २०८१ मंसिर ७ र फागुन १२ गते उजुरी परेको थियो । यही आधारमा २०८१ पुस २५ मा सचिवस्तर तथा २०८२ भदौ ५ मा मन्त्रीस्तरीय निर्णय हुँदै छानबिन समिति गठन गरिएको थियो ।

खेलकुद विकास ऐन २०७७ को दफा २८ अनुसार मन्त्रालय र परिषद्ले मागेको अभिलेख उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि क्यानले पालना नगरेको पत्रमा उल्लेख छ ।

यस्तै मन्त्रीस्तरीय निर्णयअनुसार क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्दै "कारबाही किन नगर्ने र निलम्बन किन नगर्ने" भन्ने विषयमा जवाफ माग्न निर्देशन दिइएको छ । खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार क्यानमाथि कारबाहीदेखि निलम्बनसम्मको प्रक्रिया अघि बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयको भनाइ छ । यदि क्यानबाट मागअनुसार स्पष्ट जवाफ र आवश्यक कागजात प्राप्त नभए कारबाही प्रक्रिया औपचारिक रूपमा अघि मन्त्रालयको निर्देशन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.