नेपाल-यूएई टी-२० सिरिज कान्तिपुर म्याक्स टूमा प्रत्यक्ष प्रसारण हुने

वैशाख ५, २०८३ |खेल ब्युरो
नेपाल-यूएई टी-२० सिरिज कान्तिपुर म्याक्स टूमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल र यूएईबीचको टी-२० आई सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टूबाट हुने भएको छ ।

प्रसारण अधिकारका लागि नेपाल क्रिकेट संघ-क्यान र कान्तिपुर म्याक्स टूबीच सम्झैता भएको हो । आईसीसी विश्वकप लिग टूका दुई महत्वपूर्ण घरेलु सिरिज अघि नेपालले यूएईविरूद्ध २ खेलको टी-२० आई सिरिज खेल्न लागेको हो । 

सिरिजको पहिलो खेल सोमबार र दोस्रो खेल मंगलाबर खेलिने छ । दुवै खेल साझ ५ बजे देखि टीयू क्रिकेट मैदानमा आयोजना हुने छन् । नेपालमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना हुन लागेको हो । नेपालका अग्रणी खेलकुद च्यानल कान्तिपुर म्यास र म्याक्स टूमा हाल इन्डियन प्रिमियर लिग आईपीएल र इंग्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण भइरहेको छ ।

म्याक्सले नेपाली दर्शकको सुविधालाई मध्यनजर गर्दै पछिल्लो समय नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र विश्व भरका प्रमुख खेल गतिविधि प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।