
काठमाडौं । भारतमा क्रिकेटको महाकुम्भ मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) का खेल प्रसारणका लागि नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक मंगलम पाइप्स र कान्तिपुर मिडिया ग्रुपबीच सहकार्य भएको छ ।
नेपालमा आईपीएल प्रसारणको अधिकार पाएको कान्तिपुर मिडिया ग्रुपसँग मंगलम पाइप्सले ‘पावर्ड वाइ’का रूपमा सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले जानकारी दिए । “नेपालमा पनि क्रिकेटको लोकप्रियता बढ्दो अवस्थामा छ, यसले क्रिकेटलाई खेलमा मात्रै सीमित नराखी महत्वाकांक्षा, अनुशासन र विश्वासको आधार पनि बनाएको छ, क्रिकेटका यिनै मान्यतासँग मंगलम पाइप्सको दृष्टिकोण मेल खान्छ”, चुरिवालले भने ।
कान्तिपुरसँगको यो सहकार्यमार्फत हामी हरेक नेपालीको घर घरमा पुग्न चाहन्छौँ, ताकि मानिसहरूले मङ्गलमलाई एउटा ब्रान्डको रूपमा मात्र नभइ, सधैं साथ दिने 'भरोसा' को रूपमा चिनुन् उनको भनाइ छ । यही चैत १४ गते शनिबारदेखि आईपीएल सुरु हुँदैछ ।
एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगिताका सबै खेल कान्तिपुर म्याक्सबाट प्रसारण हुनेछन् भने मंगलम पाइप्सको ‘पावर्ड वाइ’का रूपमा सहकार्य हुनेछ । कान्तिपुर म्याक्सबाट प्रसारण हुने प्रत्येक खेल नेपालका लाखौं क्रिकेटप्रेमीले हेर्ने अपेक्षा गरिएको छ ।
मंगलम पाइप्सले आधुनिक पूर्वाधारको आवश्यकताअनुसार उच्च गुणस्तरीय पाइपिङ उपलब्ध गराउँदै आएको छ । आवासीय तथा व्यावसायिक दुवै क्षेत्रमा कम्पनीले आफ्नो उपस्थिति बलियो बनाएको छ । प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले मंगलम केवल पाइपिङ सेवा मात्रै नभइ कम्पनीको ‘ढुक्क जिन्दगीभर’ भन्ने प्रतिबद्धताको प्रतीक भएको समेत बताए ।
मंगलम पाइप्स नेपालमा उच्च गुणस्तरीय पाइपिङ समाधान उत्पादन गर्ने अग्रणी कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनीले मुलुकको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । दीर्घकालीन भरोसाको प्रतिविम्ब हो ।