
पाल्पा । मेची महाकाली एक हजार एक सय किलोमिटर साइकल यात्रा गरेका पाल्पाका तीन युवालाई पाल्पा साइक्लिङ संघले सम्मानसहित बजार परिक्रमा गराएको छ।
तानसेनका २५ वर्षीय शान्तम थैब, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले महाकाली-मेची साइकल यात्रा सम्पन्न गरेका हुन्।
महाकाली नदीको चाँदनी दोधारा पुलबाट साइकल यात्रा सुरू गरेका उनीहरूले मेची नदी पुगेर समापन गरेका थिए ।