इटहरीमा 'इस्टर्न ट्राभल मार्ट' आयोजना हुने

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
इटहरीमा 'इस्टर्न ट्राभल मार्ट' आयोजना हुने

इटहरी । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासलाई लक्षित गर्दै इटहरीमा 'इस्टर्न ट्राभल मार्ट' आयोजना हुने भएको छ । 

चैत १४ देखि १६ गतेसम्म हुने कार्यक्रम पर्यटन क्षेत्रको प्रवर्द्धन तथा व्यवसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

ट्राभल मार्टमा विशेष गरी भारतीय पर्यटक र पर्यटन व्यवसायीलाई लक्षित गरिएको छ । सहभागीहरूले धरान, भेडेटार लगायतका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम समेत छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.