तत्काल निर्वाचन नरोके एन्फालाई निलम्बन गर्ने खेलकूद परिषद्को चेतावनी

आज साँझ पाँच बजेसम्मको समयसीमा
चैत्र ११, २०८२ |खेल ब्युरो
तत्काल निर्वाचन नरोके एन्फालाई निलम्बन गर्ने खेलकूद परिषद्को चेतावनी
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्ले यही चैत १३ गतेका लागि तय गरिएको निर्वाचन नरोके अखिल नेपाल फुटबल संघ-एन्फालाई प्रतिबन्ध गर्ने चेतावनी दिएको छ। 

परिषद्का सदस्य सचिव रामचरित्र मेहताले बुधबार पाँच बजेभित्र निर्वाचन रोकेको जानकारी नदिए निलम्बन गरिने बताएका हुन्। एन्फाको निर्वाचन यही चैत १३ गते झापामा गरिने योजना छ। एन्फाले सबै मतदाता, जिल्ला, प्रदेश, क्लब र संघका प्रतिनिधिलाई निर्वाचन कार्यतालिकासमेत पठाइसकेको छ। 

उसले ललितपुरस्थित एन्फाको सचिवालयसमेत यही १० गतेबाट बिदा गरिसकेको छ। अब दुई दिनपछि निर्वाचन हुने तय गरिएको छ।