
काठमाडौं । यानिक सिनर ब्राजिलियन जोवाओ फेनेस्काको कठिन चुनौती पार गर्दै इन्डियन वेल्स टेनिसको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
विश्व नम्बर दुई सिनरले १९ वर्षीय फेनेस्काले सोझो सेटमा पराजित गरेका हु्न् । तर, सिनरका लागि यो जित सहज भने भएन । पहिलो सेटमा फेनेस्कासँग सिनर ३-६ अंकले पछि थिए । तर, उनले उत्कृष्ट पुनरागमन गर्दै टाइब्रेकरमा पुर्याए । चार पटकका ग्रान्डस्लाम विजेता सिनरले ७-६ ले यो सेट आफ्नो पक्षमा पारे ।
दोस्रो सेटमा पनि फेनेस्काले प्रयास गरे पनि सफल भएनन् । सिनरले टाइब्रेकरमै यो सेटमा जित हात पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । सन २०२४ को सुरुवातदेखि सिनरले खेलेका एटपी मास्टर्स थाउजेन्डका १२ खेलमध्ये क्वार्टरफाइनल पुगेको यो एघारौं पटक हो । उनी पहिलो इन्डियन वेल्स उपाधिको खोजीमा छन् ।