
काठमाडौं । आठौं संस्करणको साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । प्रतियोगिता आगामी चैत ९ देखि २० गतेसम्म माल्दिभ्समा हुँदैछ । नेपालले भुटानसँग पहिलो दिन नै खेल्नेछ । नेपाल रहेको समूहमा भुटानसँगै श्रीलंका र माल्दिभ्स छन् । दोस्रो खेल नेपालले चैत ११ गते श्रीलंका र १३ गते माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिताको पहिलो दिन नै राति साढे ९ बजे आयोजक माल्दिभ्सले श्रीलंकासँग पनि खेल्ने तालिका रहेको छ। समूह 'बी'मा बंगलादेश, भारत र पाकिस्तान छन् । समूह चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टीम सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाल यो प्रतियोगितामा दुई पटक च्याम्पियन भएको टोली हो। तर, सन् २०१७ पछि नेपाल उपाधिविहीन छ।
त्यसपछि भारत चार पटक र बंगलादेश एकपटक च्याम्पियन बन्दा नेपाल एकपटक मात्रै फाइनलमा पुगेको छ।