
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एल्हेब्स विजयी भएको छ ।
फाइनल खेल शिशुज्ञान निकुञ्ज विद्यालय र एडवान्स्ड लर्नर्स हिमालयन इंग्लिस बोर्डिंग स्कुल (एल्हेब्स) बीच भएको थियो । टस जितेर शिशु ज्ञानले ब्याटिङ गर्ने निर्णय गरेकाे थियो । १६ ओभरको खेलमा शिशु ज्ञानले सम्पूर्ण ओभर खेल्दै ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो ।
८७ रनको लक्ष्य पछ्याउँदै एल्हेबसले ३ विकेट गुमाउँदै १३ दशमलव ५ ओभरमा लक्ष्य हासिल गर्दै ७ विकेटले फाइनल खेल जितेको हाे। फाइनल खेलका मैन अफ द म्याच कप्तान निहाल साह बनेका थिए । त्यस्तै प्रतियोगिताको वेस्ट बलर रोहन मण्डल, वेस्ट ब्याट्सम्यान रोहन पासवान, प्लेयर अफ द टूर्नामेन्ट निहाल साह रहेका थिए ।